Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बार्दली खबर by बार्दली खबर
August 13, 2026
in अन्तर्राष्ट्रिय
0
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन्।

लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन्।

कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै भूकम्पबाट क्षतिग्रस्त अस्पताल, विद्यालय, घर तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आपतकालीन कोष स्थापना गरिने बताएका छन्। उनले विपत्तिबाट भएको क्षति सम्बोधन गर्न आर्थिक आपतकालसमेत घोषणा गरेका छन्। यद्यपि उक्त घोषणाअन्तर्गत तत्काल कुन–कुन कदम चालिने भन्ने उनले स्पष्ट पारेका छैनन्।

राष्ट्रपति एस्प्रियेलाका अनुसार भूकम्पबाट प्रभावित परिवारको सङ्ख्या २५ हजार ८०० भन्दा बढी पुगेको छ। आधिकारिक विवरणअनुसार तीन हजार ७७० जना घाइते भएका छन् भने नौ हजार ५५० भन्दा बढी घरमा क्षति पुगेको छ।

कोलम्बियाको प्रमुख कफी उत्पादन क्षेत्रको सहर पेरेरामा ८३ जना र देशको तेस्रो ठूलो सहर कालीमा ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य प्रभावित क्षेत्रमा समेत ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्।

कोलम्बियाको भूगर्भीय सर्वेक्षणका अनुसार मुख्य भूकम्पपछि हालसम्म १३० वटा परकम्प रेकर्ड भएका छन्। निरन्तर आइरहेका परकम्पका कारण क्षतिग्रस्त संरचनामा प्रवेश गरी भग्नावशेषमा फसेकाको खोजी गर्न उद्धार टोलीलाई कठिनाइ भइरहेको छ।

अगस्ट १० मा पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले काली, पेरेरा र मनिजालेसलगायत सहरमा भवन, घर तथा स्वास्थ्य संस्थामा ठूलो क्षति पुर्‍याएको थियो। चोको क्षेत्रका दुर्गम बस्तीसमेत प्रभावित भएका छन् । त्यहाँ भौगोलिक कठिनाइका कारण उद्धार तथा राहत सामग्री पुर्‍याउन थप चुनौती देखिएको छ।

उक्त भूकम्पलाई कोलम्बियामा २१औँ शताब्दीमा गएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एकका रूपमा वर्णन गरिएको छ । भूकम्पबाट भएको व्यापक विनाश र त्यसपछि लगातार गइरहेका परकम्पका कारण उद्धारकर्मीले जोखिमपूर्ण अवस्थामा खोजी तथा राहत कार्य अघि बढाइरहेका छन्।

सरकारले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै ध्वस्त पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिने जनाएको छ। यसबीच बेपत्ता मानिसको खोजी, घाइतेको उपचार र विस्थापित परिवारको व्यवस्थापनलाई उद्धार तथा राहत कार्यको मुख्य प्राथमिकता बनाइएको छ।

Previous Post

नेपालका महिला खेलाडी यौन दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनको निष्कर्ष

Next Post

होमुर्जमाथि ट्रम्पको दाबीमा इरानको कडा जवाफ, के भन्यो ?

Next Post
होमुर्जमाथि ट्रम्पको दाबीमा इरानको कडा जवाफ, के भन्यो ?

होमुर्जमाथि ट्रम्पको दाबीमा इरानको कडा जवाफ, के भन्यो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत
  • वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो
  • पारसले भने : खेलाडीहरुको करिअर सकाउन टीममा फेरबदल गरेका होइनौँ
  • बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !
  • रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • August 2026

Categories

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • समाचार
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by