Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो

बार्दली खबर by बार्दली खबर
August 15, 2026
in मनोरञ्जन
0
वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो

भारतीय चलचित्र ‘बटवारा १९४७’ को नेपालमा प्रदर्शन रोकिएको छ । सेन्सर पास हुन नसकेकाले आज सो चलचित्र नेपालमा रिलिज भएन ।

नेपालका विभिन्न स्थानमा हालै मात्र हिन्दू-मुस्लिमबीच साम्प्रदायिक द्वन्द्व उत्पन्न भएको परिस्थितिमा यस्तै विषयवस्तुमा निर्मित सो चलचित्रलाई सेन्सर बोर्डले संवेदनशील रूपमा हेरेको थियो । बोर्डले चलचित्रका विवादास्पद बन्न सक्ने केही सिनहरू हटाउन वितरकलाई निर्देशन दिएको छ ।

बोर्डको लिखित निर्णयमा भनिएको छ, ‘ ‘प्रस्तुत चलचित्र जाँच गरी हेर्दा हालसालै नेपालमा घटेका घटनाक्रमलाई मध्यनजर गरी धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षामा खलल पार्ने तथा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएकाले देहायका विषय संशोधन गरी १६ वर्षभन्दा माथिका उमेर समूहका दर्शकले हेर्ने गरी सार्वजनिक प्रदर्शन गर्न अनुमति दिने निर्णय गरियो ।’

तर सो चलचित्रलाई नेपालमा भित्र्याएको ब्यांकटेस इन्टरटेनमेन्टले सेन्सर बोर्डले भनेअनुसार संशोधन गर्न मानेको छैन । सो कम्पनीका सञ्चालक मनोज राठीले ती दृश्यहरू काट्दा चलचित्रको मर्म नै बिग्रिने दाबी गरे ।
उनले भने, ‘सेन्सर बोर्डले जुन सिनहरू काट्नु भनेको छ, ती सिनहरू चलचित्रको कथामा महत्त्वपूर्ण छन् । काट्दाखेरि कथाको लय बिग्रिन्छ ।’

बोर्डले भने यस्तो संवेदनशील समयमा साम्प्रदायिकता बढाउने खालका विदेशी चलचित्रहरू जस्ताको तस्तै प्रदर्शन अनुमति दिन नसकिने प्रष्ट पारेको छ ।

बोर्ड स्रोतले भन्यो, ‘हामीले भनेअनुसार काँटछाँट भएन भने चलचित्र प्रदर्शनमा आउँदैन ।’

राजकुमार सन्तोषी निर्देशित यस चलचित्रमा सन्नी देवलले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्र भारत र पाकिस्तानको विभाजनको कथामा बनेको छ । भारत र पाकिस्तान दुवै नेपालका मित्रराष्ट्र हुन् ।

यस्ता भारतीय चलचित्रले पाकिस्तानको गलत चित्रण गर्ने र हिन्दू-मुस्लिम साम्प्रदायिकतालाई प्रोत्साहन गर्ने भएकाले नेपालमा प्रदर्शन गर्न रोक लगाउनुपर्ने आवाज पहिल्यैदेखि उठ्दै आएको छ ।

Previous Post

पारसले भने : खेलाडीहरुको करिअर सकाउन टीममा फेरबदल गरेका होइनौँ

Next Post

‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत

Next Post
‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत

‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत
  • वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो
  • पारसले भने : खेलाडीहरुको करिअर सकाउन टीममा फेरबदल गरेका होइनौँ
  • बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !
  • रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • August 2026

Categories

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • समाचार
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by