Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत

बार्दली खबर by बार्दली खबर
August 15, 2026
in अन्तर्राष्ट्रिय
0
‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत

वैज्ञानिकहरूले अहिले विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै शक्तिशाली बन्ने करिब ७० प्रतिशत सम्भावना रहेको बताएका छन्। यस एल निनोका कारण विश्वभर तापक्रम वृद्धि, वर्षाको ढाँचामा परिवर्तन, खडेरी, बाढी र डढेलोको जोखिम बढ्ने अनुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने सम्भावना छ भने, यसले विश्वव्यापी जलवायु प्रणालीमा गम्भीर असर पार्न सक्छ।

अहिले विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै शक्तिशाली एल निनो बन्ने सम्भावना करिब ७० प्रतिशत रहेको वैज्ञानिकहरूले प्रक्षेपण गरेका छन् । अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले नयाँ अपडेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

एल निनो निकै तीव्र गतिमा शक्तिशाली बन्दै जानु, कम्प्युटर मोडलहरूले शरद ऋतुको अन्त्य तथा हिउँदको सुरुआततिर यसको तीव्रता उच्चतम अवस्थामा पुग्ने देखाउनुका साथै पहिले अनुमान गरिएभन्दा बढी शक्तिशाली हुने संकेतले पूर्वानुमानमा यस्तो परिवर्तन आएको एनओएएले जनाएको छ ।  मौसमविद्हरूले ‘निनो’ क्षेत्रमा समुद्रको सतहको तापक्रम औसतभन्दा २.५ डिग्री सेल्सियसभन्दा बढी रहने अनुमान गरेका छन् ।

के हो एल निनो ?

एल निनो मध्य तथा पूर्वी उष्णकटिबन्धीय प्रशान्त महासागरको पानीको तापक्रम औसतभन्दा बढी हुने जलवायु चक्र हो । समुद्रको यो तातो पानीका कारण बादल र भारी वर्षामार्फत वायुमण्डलमा तापक्रम वृद्धिको अवस्था सिर्जना हुन्छ । यसले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ ।

इन्डोनेसिया र अस्ट्रेलियामा विशेषगरी खडेरी तथा दक्षिण अमेरिकाका केही भागमा बाढीको जोखिम बढ्न सक्छ । विश्वका अन्य क्षेत्रमा विभिन्न प्रभाव देखिन सक्छन् । बलियो बन्दो गएको एल निनोका कारण मनसुनी वर्षाको ढाँचा परिवर्तन, तापक्रम वृद्धि, खडेरी, कृषि उत्पादनमा गिरावटसँगै खाद्य संकटको चिन्ता बढाएको छ ।

एल निनोको तीव्रता उष्णकटिबन्धीय प्रशान्त महासागरको निश्चित मापदण्ड क्षेत्रमा समुद्रको तापक्रम औसतभन्दा कति बढी हुन्छ भन्ने आधारमा निर्धारण गरिन्छ । एओएएको प्रक्षेपणअनुसार यसपटक विकसित भइरहेको एल निनो सन् १९८२-८३ मा देखिएको शक्तिशाली ‘सुपर एल निनो’ भन्दा पनि बलियो हुन सक्छ ।

Previous Post

वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत
  • वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो
  • पारसले भने : खेलाडीहरुको करिअर सकाउन टीममा फेरबदल गरेका होइनौँ
  • बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !
  • रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • August 2026

Categories

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • समाचार
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by