Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

बार्दली खबर by बार्दली खबर
August 15, 2026
in समाचार
0
रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

रोल्पाको पूर्वी क्षेत्रमा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।  थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका शोकमा छन् ।

गत २७ गते बुधबार थबाङ गाउँपालिका -५ कोटलबारामा पहिरोले एउटा बस्ती नै बगायो । पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । २ जनाको बुटवलमा उपचार भइरहेको छ ।

पहिरोले दिएको पीडा सहन नसक्ने अवस्थामा छन् आफन्त र स्थानीवासीहरू । ‘घर बाहिर अविरल वर्षा भइरहेको थियो । कोहीले खान खाएका थिए होलान्,कोहीले खाना खाने तर्खमा थिए होलान्, केही खाएर बसेका थिए होलान् । कोही आफ्नो बिस्तारामा पल्टिएका थिए होलान्’, मृतक ७ वर्षीय अशोक पुनमगरका काका कष्णले सुनाए, ‘एक्कासी पहिरो आयो र त्यसमा परेर अकालमा ज्यान गुमाउने पुगे । मनभरि पीडाको भारी छ ।’

उनले थपे, ‘हाम्रो मानसिकतामा कहिल्यै नमेटिने यो घटना बन्न पुगेको छ ।’

यहाँको पहिरोमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर,७ वर्षीय अशोक पुनमगर,३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर र ८० वर्षीय बलबहादुर पुन मगर र ६१ वर्षीय लिलबहादुर पुनमगरको मृत्यु भएको छ ।

९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर बेपत्ता रहेका छन् । घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

११ जनाको मृत्यु, २ जना बेपत्ता र २ जना घाइते भएको थबाङ चिन्तित र शोकमा रहेको  गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढामगरले बताए । ‘हामीले यति धेरै मानवीय र भौतिक क्षति हुन्छ भनेर कल्पना गरेका थिएनौं, दु:खद घटना घट्यो मृतक सबैमा हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गाउँपालिकाको तर्फबाट र मेरो तर्फबाट व्यक्त गर्दछु’, अध्यक्ष बुढामगरले भने ।

थबाङमा मात्रै पहिरोमा परेर ९ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगाएको थियो ।

रोल्पाको सुनछहरी गाउँपालिका-२ फलबाङ्ग र गिट्ठेमा पनि पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । सुनछहरी-२ फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर,७० वर्षीया लली घर्तीमगर र गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्तीमगर रहेका छन् ।

सुनछहरीका अध्यक्ष धनबहादुर पुनमगर अघिल्लो दिनको थबाङ-५ कोटलबारामा गएको पहिरोमा मृतक र बेपत्ताको उद्धारका लागि खटिएका थिए । तर, उस्तै घटना आफ्नो पालिकामा भयो ।

चारजनाको पहिरोमा परी मृत्यु भएको घटनाले आफू मर्माहत भएको अध्यक्ष धनबहादुरले बताए । ‘प्रकृतिले कतिबेला धोका दिन्छ,त्यो कसैले थाहा हुँदैन,जुन घटनाले गाउँपालिकालाई चिन्तित र मर्माहत बनायो, मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’, अध्यक्ष पुनले भने ।

रोल्पा बुधबार र बिहीबार गरी पहिरोमा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । दुई जना घाइतेको उपचार भइरहेको छ । घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको छ।

Previous Post

पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति अन्तर्राष्ट्रिय प्रेस काउन्सिलको विरोध, तत्काल रिहा गर्न माग

Next Post

बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !

Next Post
बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !

बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत
  • वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो
  • पारसले भने : खेलाडीहरुको करिअर सकाउन टीममा फेरबदल गरेका होइनौँ
  • बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !
  • रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • August 2026

Categories

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • समाचार
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by