Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

खगेन्द्र सुनारमाथि रमेश खरेलको प्रश्न- जनप्रतिनिधि भनिने नैतिक आधार बाँकी छ ?

बार्दली खबर by बार्दली खबर
August 13, 2026
in समाचार
0
खगेन्द्र सुनारमाथि रमेश खरेलको प्रश्न- जनप्रतिनिधि भनिने नैतिक आधार बाँकी छ ?

संसदीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीमाथि लान्छना लगाएको घटनामा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले कडा टिप्पणी गरेका छन् । सांसद सुनारको कार्यशैली र अभिव्यक्तिले समग्र सुरक्षा निकायको मनोबलमा गम्भीर असर पारेको भन्दै उनको विश्लेषण छ ।

पूर्वडीआईजी खरेलले सांसद सुनारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘कहिले रातारात सिन्धुली पुगेर एसपीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर घिसारेर काठमाडौं ल्याउने चेतावनी, कहिले बेनामे उजुरीकै आधारमा गृहसचिवदेखि आइजिपी र एआइजीपीलाई संसदीय समितिमा उभ्याएर प्रमाणअघि नै दोषीझैँ प्रस्तुत गर्ने शैली । कहिले अनुसन्धान नै नसकिँदै अहिल्यै बर्खास्त गर्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति त कहिले कानुनी प्रक्रियालाई नै गौण ठान्ने भाषण ।’

खरेलका अनुसार यस्तो कार्यशैलीले संसदीय निगरानीभन्दा बढी संस्थामाथिको दबाब र सस्तो लोकप्रियताका लागि गरिने प्रदर्शनको आभास दिन थालेको छ । उनले यस्ता सांसदहरूको लागि लोकप्रियता र समाचार शीर्षक बन्नु आवश्यक हुन सक्ने तर प्रहरी र कर्मचारी प्रशासनका लागि भने मनोबल नै सबैथोक भएको औँल्याएका छन् ।

सांसदको कार्यशैलीबाट आजित भई आइजीपी दानबहादुर कार्कीले समितिमै ‘आखिर कस्ताबाट शासित भइरहेका छौँ, हामी ?’ भनी प्रश्न गरेका थिए । खरेलले आइजीपीको यस प्रश्नलाई जायज ठहर्‍याउँदै समर्थन गरेका छन् ।

उनले भनेका छन्, ‘आफ्नो सर्वस्व छोडेर निष्ठाका साथ देश र जनताको सेवामा अहोरात्र खटिएका प्रहरी र प्रशासनका कर्मचारीहरूलाई प्रोत्साहन त परै जाओस्, मीठो बोल्न पनि नसक्नेहरूले आफूलाई जनप्रतिनिधि भनिरहने नैतिक आधार अझै बोक्छन् त ? देशमा कहाँ, कसरी र कुन हालतमा प्रहरीहरूले सेवा दिइरहेका छन् भन्ने सामान्य ज्ञान समेत नहुनेहरूले यसरी प्रहरीको सर्वोच्च कमाण्डरलाई तथानाम गर्नु अक्षम्य छ ।’

खरेलले यो घटनाले एउटा व्यक्ति मात्र नभई समग्र नेपाल प्रहरी संगठनको मनोबलमा गम्भीर असर पारेको उल्लेख गरेका छन् । निष्कर्ष नआउँदै सम्पूर्ण संगठनलाई भ्रष्टाचारको पर्यायझैँ चित्रित गर्दा अन्तर्राष्ट्रिय स्तरसम्म नेपाल प्रहरीको संस्थागत छविमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। यस्तो संवेदनशील विषयमा राजनीतिक अभिव्यक्ति होइन, कानुनी प्रक्रिया बोल्नुपर्नेमा उनले जोड दिएका छन् ।

खरेलले आफ्नै सरकारअन्तर्गत कार्यरत प्रहरी प्रमुखलाई सञ्चारमाध्यमको अगाडि दोषी करार गरिसकेको शैलीमा प्रस्तुत गर्नु जिम्मेवार राजनीतिक अभ्यास नभएको बताएका छन् । यदि आरोप प्रमाणित हुने आधार छन् भने सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाएर आवश्यक कारबाही गर्नुपर्ने उनको भनाइ छ । तर अनुसन्धानभन्दा पहिले सार्वजनिक रूपमा चरित्र हत्या गर्नु सुशासन वा न्याय नभएको उनले बताएका छन् ।

सांसद सुनारको कार्यशैलीप्रति आफ्नै सहकर्मी र समितिका सभापतिले समेत प्रश्न उठाउँदा आत्मसमीक्षा गर्नुको सट्टा आवेशमा प्रतिक्रिया जनाएर बैठक छोड्ने व्यवहारले परिपक्व नेतृत्वको सन्देश नदिएको खरेलको तर्क छ । लोकतन्त्रमा कडा प्रश्न उठाउनु आवश्यक हुने भए पनि त्यो प्रश्न विधि, प्रमाण र संस्थागत मर्यादाभित्र रहनुपर्नेमा उनले जोड दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई सुशासन, जबाफदेहिता र संस्थागत सुधारको पक्षधर दलका रूपमा प्रस्तुत गर्दै आएको सन्दर्भमा खरेलले सांसद खगेन्द्र सुनारको अमर्यादित कार्यशैलीबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र आवश्यक स्पष्टीकरण माग्नुपर्ने बताएका छन् ।

सुशासनको नारा दिने दलले सबैभन्दा पहिले आफ्नै सांसदहरूको आचरण, अभिव्यक्ति र संसदीय मर्यादामाथि नियन्त्रण तथा उत्तरदायित्व सुनिश्चित गर्न सक्नुपर्ने, अन्यथा सुशासनको प्रतिबद्धता केवल नारामै सीमित रहने उनको निष्कर्ष छ ।

Previous Post

देउवालाई विमानस्थलसहित ३ स्थानमा गरिँदै छ स्वागत

Next Post

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला, मृत्यु हुनेको संख्या ३

Next Post
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला, मृत्यु हुनेको संख्या ३

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला, मृत्यु हुनेको संख्या ३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत
  • वितरकले सेन्सर बोर्डको निर्देशन नमानेपछि ‘बटवारा १९४७’ को नेपालमा रिलिज रोकियो
  • पारसले भने : खेलाडीहरुको करिअर सकाउन टीममा फेरबदल गरेका होइनौँ
  • बजेट कार्यान्वयनमा सुधारको संकेत, तर पूँजीगत खर्च इतिहासकै कमजोर !
  • रोल्पामा २ दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सनुछहरी शोकमा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • August 2026

Categories

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • समाचार
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by