Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव

बार्दली खबर by बार्दली खबर
August 21, 2026
in मनोरञ्जन
0
धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव

हामी प्रायः मोबाइल फोन र स्क्रिनले हाम्रो मस्तिष्कमा कस्तो असर पारिरहेको छ भनेर चिन्ता गर्छौँ।

तर मोबाइल र अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगले शरीरका अन्य भागमा पनि असर पार्न सक्ने नयाँ अनुसन्धानहरूले देखाएका छन्।

मोबाइल फोन प्रयोग गर्ने क्रममा लामो समयसम्म एउटै अवस्थामा बस्दा घाँटीको आकारमा परिवर्तन, आँखामा समस्या, हातको चालमा असर र मांसपेशीको शक्ति कमजोर हुन सक्ने विशेषज्ञहरूले बताएका छन्।

प्रविधिमा अत्यधिक निर्भर जीवनशैलीले अनुहार र घाँटीमा चाउरी बढाउन सक्ने सम्भावनाबारे पनि चर्चा हुन थालेको छ।
यस्ता शारीरिक समस्याले दीर्घकालमा स्मरणशक्ति तथा सोच्ने–सम्झने क्षमतामा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

तर प्रविधिको प्रयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था भने नरहेको विशेषज्ञहरूको भनाइ छ। केही सामान्य बानीमा परिवर्तन गरेर यसको नकारात्मक प्रभाव कम गर्न सकिन्छ।

घाँटीमा बढ्छ दबाब

यदि तपाईं अहिले यो समाचार मोबाइलमा पढ्दै हुनुहुन्छ भने सम्भवतः स्क्रिन हेर्न टाउको तल झुकाउनुभएको छ। टाउकोलाई अगाडि झुकाएर राख्ने अवस्थालाई ‘फरवार्ड हेड पोस्चर’ भनिन्छ।

यस अवस्थामा घाँटीमा ठूलो दबाब पर्न सक्छ। लामो समयसम्म यस्तो अवस्थामा बस्दा मेरुदण्डका डिस्कमा क्षति पुग्नुका साथै जोर्नी र मांसपेशी कमजोर हुन सक्छन्।

केही अवस्थामा फोक्सोको क्षमतामा समेत असर पर्न सक्ने बताइएको छ। यही समस्यालाई सामान्यतया ‘टेक नेक’ भनिन्छ।

यसले शरीरको बनोटमा समेत दीर्घकालीन परिवर्तन ल्याउन सक्छ। चिकित्सकको सल्लाहमा गरिने विशेष व्यायामले यस्तो समस्या कम गर्न सहयोग गर्न सक्छ।

तर अहिलेबाटै केही सामान्य सावधानी अपनाउन सकिन्छ।
–मोबाइल फोनलाई सकेसम्म अलि माथि उठाएर हेर्ने।
–स्क्रिनलाई आँखाको तहमा राख्ने।
–फोनलाई अनुहारबाट करिब एक हातको दूरीमा राख्ने।
–कम्प्युटरको मोनिटर पनि आँखाको तहमा राख्ने।
–लामो समय स्क्रिन हेर्दा बीच–बीचमा विश्राम लिने।

घाँटीमा चाउरी र छालामा समस्या

मोबाइलको अत्यधिक प्रयोगसँगै घाँटीमा चाउरी पर्ने विषय पनि पछिल्लो समय चर्चामा आएको छ।

बेलायतकी छाला रोग विशेषज्ञ जस्टिन हेक्सटोलका अनुसार एउटै स्थानमा बारम्बार दबाब पर्दा चाउरी पर्न सक्छ।

त्यसैले लामो समयसम्म अगाडि झुकेर घाँटी मोडिरहनुले समस्या निम्त्याउन सक्ने सम्भावना छ।

तर ‘टेक नेक’कै कारण घाँटीमा चाउरी पर्छ भन्ने कुरा पुष्टि गर्ने पर्याप्त वैज्ञानिक प्रमाण भने अहिलेसम्म उपलब्ध नभएको उनको भनाइ छ।

त्यस्तै, स्मार्टवाच लगातार लगाइरहने मानिसमा छालासम्बन्धी समस्या देखिन सक्छ। घडीमुनिको अँध्यारो र ओसिलो वातावरणमा यीस्ट बढ्न सक्ने भएकाले छालामा जलन वा एक्जिमा हुन सक्छ।

घडीमा प्रयोग हुने निकेल, रबर, लेटेक्स तथा एक्रिलेट्सजस्ता पदार्थप्रति संवेदनशीलता पनि विकसित हुन सक्ने विशेषज्ञहरू बताउँछन्।

यसबाट बच्न स्मार्टवाच समय–समयमा खोल्ने र छाला सफा गर्ने सल्लाह दिइएको छ। दिनभर घडी लगाउनुपर्ने अवस्थामा छालाको सुरक्षा गर्ने ब्यारियर क्रिम प्रयोग गर्न सकिन्छ।

आँखाको दृष्टि कमजोर हुने जोखिम

पछिल्ला केही दशकमा मायोपिया अर्थात् नजिकका वस्तु स्पष्ट देखिने तर टाढाका वस्तु धमिलो देखिने समस्या तीव्र रूपमा बढेको छ।

प्रविधिको प्रयोग बढेसँगै यो समस्या बढेकाले मोबाइल र स्क्रिनलाई यसको कारण मान्न सजिलो हुन्छ। तर अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका अप्टोमेट्री प्राध्यापक डोनाल्ड मट्टीका अनुसार वास्तविकता केही फरक हुन सक्छ।

उनका अनुसार मोबाइल वा नजिकबाट गरिने काम मात्र मायोपिया बढ्नुको मुख्य कारण हो भन्ने स्पष्ट प्रमाण छैन।

तर अनुसन्धानले बाहिर बिताउने समय आँखाका लागि फाइदाजनक हुने देखाएको छ। बाहिरको प्राकृतिक उज्यालोले आँखाको रेटिनाबाट डोपामिनको स्राव बढाउने र त्यसले आँखाको विकासलाई प्रभावित गर्ने विश्वास गरिन्छ।

प्रविधिका कारण मानिसहरू पहिलेभन्दा धेरै समय घरभित्र बिताउन थालेकाले डिजिटल उपकरणले आँखामा अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारिरहेको हुनसक्ने विशेषज्ञको भनाइ छ।

त्यसैले आँखाको स्वास्थ्यका लागि नियमित रूपमा बाहिर समय बिताउनु उपयोगी हुन सक्छ। यसले निद्रामा समेत सुधार ल्याउन सक्छ।

हातको पकड कमजोर हुन्छ ?

ग्रिप स्ट्रेन्थ अर्थात् हातले वस्तु समात्ने शक्तिलाई अहिले समग्र स्वास्थ्यको महत्वपूर्ण संकेत मानिन्छ।

एक अध्ययनले ग्रिप स्ट्रेन्थले उच्च रक्तचापभन्दा पनि अकाल मृत्युको जोखिमको राम्रो अनुमान गर्न सक्ने देखाएको छ।

धेरै देशमा विशेषगरी युवाहरूमा हातको पकड शक्ति घट्दै गएको देखिएको छ। जर्मनीको मेडिकल युनिभर्सिटी अफ लाउजिट्जका मेडिकल सोसियोलोजीका प्राध्यापक योहानेस बेलरका अनुसार एक पुस्तामै शारीरिक शक्ति घट्नु केवल हात कमजोर भएको विषय होइन, भविष्यको स्वास्थ्यका लागि पनि चेतावनी हुन सक्छ।

कम्प्युटरमा आधारित काम र लामो समय बसिरहने जीवनशैली बढ्दै जानुले मानिसको शारीरिक तन्दुरुस्ती घटाउन सक्ने र त्यसको असर ग्रिप स्ट्रेन्थमा समेत पर्न सक्ने उनको भनाइ छ।

हातको शक्ति कायम राख्न नियमित व्यायाम गर्न सकिन्छ। उदाहरणका लागि टेनिस बललाई बलपूर्वक थिचेर केही समय समात्ने अभ्यास गर्न सकिन्छ। तर हातको पकड बलियो बनाउनु मात्रै पर्याप्त नभई समग्र शारीरिक तन्दुरुस्तीमा ध्यान दिनु आवश्यक हुन्छ।

हात र आँखाबीचको समन्वयमा असर

प्रविधिले हाम्रो मोटर स्किल्स अर्थात् मस्तिष्क र शरीरबीच समन्वय गरेर सटीक गतिविधि गर्ने क्षमतामा पनि असर पार्न सक्ने देखिएको छ।

जर्मनीको युनिभर्सिटी अफ रेगेन्सबर्गका विकास मनोविज्ञान तथा शिक्षाका प्राध्यापक सेबास्टियन सुगेटका अनुसार उपलब्ध प्रमाणले अत्यधिक प्रविधि प्रयोग र कमजोर मोटर स्किल्सबीच सम्बन्ध रहेको देखाउँछ।

विशेषगरी बालबालिकामा गरिएको अनुसन्धानले धेरै स्क्रिन समय र कमजोर मोटर स्किल्सबीच सम्बन्ध देखाएको छ।

तर यसको अर्थ स्क्रिनको प्रयोग पूर्ण रूपमा बन्द गर्नुपर्ने भने होइन। बरु दैनिक जीवनमा हातको प्रयोग हुने गतिविधि बढाउनुपर्ने विशेषज्ञको सुझाव छ।

खाना पकाउने, हातले लेख्ने, काठसँग सम्बन्धित काम गर्ने वा अन्य हस्तकलाका गतिविधिले हातको प्रयोग बढाउन सक्छन्।

सुगेटका अनुसार प्रविधिले पार्ने यी प्रभाव व्यक्तिगत स्तरमा निकै साना हुन सक्छन्। तर पुस्तौँसम्म यस्ता प्रभाव जम्मा हुँदै गएमा मानिसको सोच्ने र समस्या समाधान गर्ने क्षमतामा समेत असर पर्न सक्ने सम्भावना रहेको छ।

त्यसैले मोबाइल र डिजिटल उपकरणलाई पूर्ण रूपमा त्याग्नुभन्दा प्रयोग गर्ने तरिकामा सुधार गर्नु, लामो समय एउटै मुद्रामा नबस्नु, नियमित व्यायाम गर्नु, बाहिर समय बिताउनु र हातको प्रयोग हुने गतिविधि बढाउनु स्वास्थ्यका लागि महत्वपूर्ण हुन सक्छ।

Previous Post

तयारी अभाव भन्दै बंगलादेश प्रिमियर लिग बीपीएल स्थगनको घोषणा

Next Post

यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?

Next Post
यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?

यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?
  • धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव
  • तयारी अभाव भन्दै बंगलादेश प्रिमियर लिग बीपीएल स्थगनको घोषणा
  • पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?
  • बिग्रँदो स्वास्थ्य अवस्थाबीच इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

Recent Comments

  1. A WordPress Commenter on Hello world!
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by